पुस ८, काठमाडौं/ बुधबार बेलुका करिब ८ बजे त्रिदेवीमार्ग हुँदै आएको एउटा सरकारी झण्डावाल गाडी नर्सिङचोकमा रोकियो । अघिल्लो सिटमा रहेका सुरक्षाकर्मी बाहिर निस्किए र पछाडिको ढोका खोले । ‘जुन ककटेल क्याफे एन्ड पब तथा थकाली भान्छा’ अगाडिको सडक पारिपट्टी रोकिएको बा १ झ ८६८८ नम्बरको झण्डावाल सरकारी गाडीबाट बाहिर निक्से उद्योग राज्यमन्त्री खोभारी रायसँगै दुई किशोरी । बाहिरबाटै मदिरामा लट्ठिएका राज्यमन्त्री रायले गाडीबाट ओर्लिएपछि सोधे ‘दीपक मनांगे र चक्रे मिलनलाई चिन्ने यहाँ कोही छ ? उनीहरु मेरा साथी हुन् ।’ तर उनको प्रश्नप्रति कसैले चासो नदिएपछि उनका सहयोगी र सुरक्षाकर्मीले समातेरै क्याफेतिर लगे । उनको दाँयाबाँया भने दुई किरोशी थिए ।
राज्यमन्त्रीको गाडीको पछि पछि अर्को गाडीमा आएका थिए निर्देशक आकाश अधिकारी र कलाकार सिुनिल कटुवाल । उनीहरु पनि सरासर क्याफेभित्र नै छिरे । क्याफेको बार छेउमा आगो ताप्ने व्यवस्था भएकोले राज्यमन्त्री रायले आफ्नो दाँयातर्फ दुई किशोरीलाई राखेर कुर्सीमा बसे । करिब डेढ घण्टा क्याफेमा बिताएका मन्त्रीसहितका ६ जनाको टोलीले तीन वटा ‘भ्याट ६९’ फुल बोतलसहित सितनका रुपमा चिकेन, रोस्ट, सेकुवा, चिकेन सिजलर, सुप दुई बट्टा मालैब्रो चुरोट सकेका थिए । मन्त्रीसँगै बसेका किशोरीहरुले भने ४ वटा रेडबल र २ बट्टा जुस सकेका थिए । उनको बाँयातर्फ व्यापारी विप्लव हमाल र निर्देशक आकाश अधिकारी तथा अगाडिपट्टी सहयोगी र कलाकारसहित अन्य दुई जना भएपनि मदिराको चुस्कीसँगै राज्यमन्त्री राय भने व्यापारी, निर्देशक र कलाकारतर्फभन्दा बढी किशोरीहरुको हात समाएर गफमा नै भुलेका वेटरहरुले बताए । ‘मन्त्री ज्यू युवतीहरुसँगै आउनुभएको थियो, बाहिर पनि अलिअलि रक्सी पिएर आउनुभएको रहेछ, यहाँ पनि पिउँदै उनीहरुसँगै बढी गफमा हुनुहुन्थ्यो ।’ वेटरहरुले भने ‘अरुलाई परिचय दिँदा श्रीमती र साली भन्नुहुन्थ्यो, तर कुराकानीले घरको नाता हो भन्ने लागेन ।’
क्याफेको डेढ घण्टा बसाइका क्रममा उनी एक्लै उभिन सक्ने अवस्थामा नभएकोले शौचालय जाँदासमेत रायलाई सहयोगीले नै लगेका थिए । डेढ घण्टाको बसाइपछि मन्त्रीसहित सबै बाहिरिएका थिए । बाहिरिने क्रममा सहयोगी र किशोरीहरुले समातेर भ¥याङबाट गेटसम्म ल्याएका थिए । राज्यमन्त्री राय करिब साँढे ९ बजे कयाफेबाट बाहिरिएका थिए । किशोरीहरुलाई भने गाडीको पछाडिको सिटमा आफ्नो बाँयातर्फ राखेर त्रिदेवीमार्गको बाटो हुँदै ठमेलबाट हिँडेका थिए । फर्किंदा भने गाडिको झण्डा फहराएको थिएन । मन्त्रीसहित ६ जनाको टोलीले खाएका मदिरा, जुससहित सितनको बिल २० हजारभन्दा माथि पुगे पनि बिल भुक्तानी पछि गर्ने भन्दै उनीहरु बाहिरिएको क्याफे स्रोतले बतायो ।
सिन्धुपाल्चोक महोत्सवको तयारी तीव्र
चौतारा/ 'सिन्धुपाल्चोक समृद्धिको आधार, जलस्रोत पर्यटन कृषि र व्यापार' भन्ने नाराका साथ आयोजना गरिएको 'सिन्धुपाल्चोक महोत्सव २०६८' को तयारी तीव्र पारिएको छ । सिन्धुपाल्चोक उद्योग सङ्घ र नेपाल हिमालय सिमापार
चौतारा/ 'सिन्धुपाल्चोक समृद्धिको आधार, जलस्रोत पर्यटन कृषि र व्यापार' भन्ने नाराका साथ आयोजना गरिएको 'सिन्धुपाल्चोक महोत्सव २०६८' को तयारी तीव्र पारिएको छ । सिन्धुपाल्चोक उद्योग सङ्घ र नेपाल हिमालय सिमापार
वाणिज्य सङ्घको आयोजनामा हुन लागेको सिन्धुपाल्चोक महोत्सव मंसिर ३ देखि ७ गतेसम्म पाँच दिनसम्म सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा चल्नेछ । महोत्सव तयारीका लागि सर्वपक्षीय भेला गरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा मूलसमारोह समिति र विभिन्न क्षेत्रहरूलाई समेटेर उप–समितिहरू गठन गरिएको छ । जिल्लाले राष्ट्रिय राजनीतिलाई प्रभावशाली राजनीतिक नेताहरु दिएपनि जिल्लाको विकासमा भने उल्लेख्य भने उल्लेख्य भने उल्लेख्य प्रगति हुन नसकेको आम जनताको गुनासो बढिरहेको बेला जिल्लामा अस्तित्वमा रहेको सम्पूर्ण राजनीतिक दलहरु एकतावद्ध भएर सिन्धुपाल्चोक जिल्लाको विकासका अगाडि बढेको राजनीतिक नेताहरुले बताएका छन् ।
संविधान सभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीको प्रभावशाली पोलिटव्यूरो सदस्यसमेत रहनुभएका पूर्वसाचारमन्त्री अग्निप्रसाद सापकोटाले राष्ट्रिय राजनीतिमा जतिसुकै प्रभाव भए पनि आफ्नो जिल्लाको विकासको अवस्थाले आफूलाई जहिले पनि चिमोट्ने गरेको अनुभूति व्यक्त गर्दै भन्नुभयो -'यो सबै राजनीतिक दलका नेताहरुलाई अनुभूत भएको छ । त्यसैको प्रतिफल हामी सबै राजनीतिक पार्टीका जिल्ला नेताहरु हामी आफू कुन पार्टीको भन्ने बिर्सिएर हामी सिन्धुपाल्चोकको हौं भन्ने मनमा राखी महोत्सव अवधिसम्म खट्नेछौं ।'
सिन्धुपाल्चोक जिल्ला उत्तरी छिमेकी मुलुक चीनसँग कारोबार गर्ने एकमात्र आधिकारिक व्यापारिक नाका भएको जिल्ला हो । जिल्लामा रहेको तातोपानी भन्सारबाट उठ्ने राजश्वको कारण यो जिल्ला राष्ट्रिय आयमा योगदान गर्ने जिल्लामध्ये बाह्रौं स्थानमा पर्छ । त्यसैगरी 'ह्वाइट वाटर र् यािºटङ्ग' का लागि संसारमै प्रसिद्ध भोटेकोशी र संसारकै प्राकृतिक रुपमा उत्कृष्ट 'बाजी जम्पिङ्ग' पनि यही जिल्लामा रहेको छ । बहुचर्चित मेलम्ची खानेपानी आयोजनामा पनि यही जिल्लामा साचालित छ । राजधानीबाट नजिकै रहेको जुगल हिमाल पाँचपोखरी भैरवकुण्ड हेलम्बुलगायतका चर्चित प्राकृतिक सुन्दरता पनि यही जिल्लामा रहेको छ । त्यस्तै चीन र काठमाडौ जोड्ने एकमात्र राजमार्ग अरनिको लोकमार्ग भएको यो जिल्ला विकासको हिसाबले भने ५४ स्थानमा पर्छ ।
'यो बिषयले हामीलाई पनि निकै चिन्तित बनाएको छ । अझ सकारात्मक बिषयभन्दा नकारात्मक विषयहरुको बढी प्रचार हुँदा त झनै संवेदनशील बनाउँछु' नेता सापकोटाले जिल्लाबाट राजधानीमा आएर पत्रकारिता गरिरहेका पत्रकारहरुसँग भन्नुभयो-'तर जिल्लाका सचेत जनसमुदायहरु राजनीतिक दलहरु एक भएर लाग्ने हो भने यो जिल्ला ह्वात्तै माथि आउने सम्भावना पनि उत्तिकै छ । त्यसैले सबै मिलेर सिन्धुपाल्चोकलाई जुरुक्कै माथि उठाउने अभियानको सुरुवात यो महोत्सवलाई बनाउनु आवश्यक छ ।'
महोत्सवमा सिन्धुपाल्चोक विकासको घोघोषणापत्र जारी गरिने महोत्सव मूलसमारोह समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार जिल्लास्थित राजनीतिक दलका नेता सभासद् र विशेÈज्ञ सम्मिलित टोलीले कार्यशालाद्वारा जलस्रोत पर्यटन कृिÈ र व्यापार सम्वन्धी छुट्टाछुट्टै घोषणापत्र तयार गर्नेछ ।
पर्यटन वर्ष २०११ लाई समेत लक्षित गर्दै आयोजना गरिएको महोत्सवमा १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नेपाल भ्रमण् वर्ष १९९८ को अवसरमा समेत सिन्धु महोत्सव आयोजना गरिएको थियो ।

No comments:
Post a Comment