अनुभव

जीवनबारे केही शब्द

जीवन जिउँदै जाँदा प्रगती, आपत्ती, हार जित जस्ता क्रियाकलाप नियमित भइरहन्छ । महत्व र चर्चाको समाचार थोरै बन्छ । जीवनमा कहिले के, कहिले केको आवश्यकता खड्किँदोरहेछ । जहाँ जीवन छ, त्यहाँ बाँच्ने कला पनि छ । जहाँ आवश्यकता निम्तिन पुग्छ, त्यहाँ समाधानका उपाय पनि शिशु अवस्थामा जन्म लिन पुगिहाल्छ । त्यही विभिन्न भुमरी र यात्रा पार गर्दै जीवन कटाउन मुस्किल छ । कति चाहेर पनि सबै कुराको सन्तुष्टिले पनि खुसी हुन सकेका छैनन् । कोही केही नभएर आफू भाग्यमानी भएको गर्व गर्नेको संख्यामा पनि कमी छैन । आफू जस्तो हाइन्छ, त्यस्तैमा गर्व गर्ने र रमाउन सके साँच्चै जीवनको महत्व र आवश्यकता छुट्टै प्रकृतिकोमा पाउन सकिन्छ । त्यो भोगेको र भोगिसकेकोलाई मात्र यथार्थ हुन सक्छ । 

सम्बन्धमा जब लिनु, दिनु वा पाउनु गुमाउनुको मत्लव हुँदैन, अनि आत्मियता जब सूर्यको प्रकाश झैं कहिल्यै ननिख्रिने र उही रफ्तारमा विस्तारित भइरहन्छ । जीवन जब अतित जस्तो र भ्रमजस्तो बन्न पुग्छ, त्यसपछि आउँछ बाँच्नुको मज्जा । नत्र सधैं लेनदेनको खाता पाता बोकेर पाउनु गुमाउनुको हिसाव कितावमा जीवनलाई दर्ज गरेर वा चैत्य आत्मियतामा बाच्नुको स्वाद के ? हामीमा जब मित्रता छ, त्यहाँ आत्मियता स्वतः निम्तिन र उत्पन्न हुन पुग्छ । आत्मियताबिनाको मित्रताको अर्थ र परिभाषा के ? परिभाषा बिनाको शब्दले के अर्थ राख्छ ? धेरैको जीवनमा यस्तै समस्याले घनिभूतता लिएको छ । आँधिबेहरी मडारिरहेको छ । मित्रता बनाएर आत्मियता नपाउनेको संख्या लामो छ । यसले पिरोलेको जीवन डर लागदो हुनेछ । त्यसको सामना गर्न मुश्किल हुनेछ । सुख, दुःख, खुसी, उमंग, हाँसो, रुवाई पीडालगायतका विभिन्न चरणमा साथ र सहयोग मिल्दैन वा पाउन सकिदैन भने मित्रता र आत्मियताको महत्व कस्तो हुन्छ होला ? बस्, नुन नहालेको तरकारी जस्तो, भाषण गरेर जनता झुक्याएजस्तो । हो, वास्तवमा नै सतहमा अनुभूति गर्न सके, मित्रतामा आत्मियता पाउन नसकिए जीवन साँच्चै चैतको हावामा उडेको धुलोसँग मिल्ने किसिमको हुन पुग्छ । आँशुको वर्षान्त हुन पुग्छ । ओठको लालिमा सुक्न सक्छ । जीवनको जोश र जाँगर गुम्न सक्छ । अन्ततः सौन्दर्यमा नै प्रश्न चिन्ह खडा हुन पुग्छ । कहिल्यै नमेटिने मुटुमा दाग लाग्न सक्छ । एकोहोरो टुक्रा पारेको कलेजीको कहिल्यै मिलन नहुन सक्छ । त्यसैले पनि मित्रता र आत्मियता एक रथका दुई पांग्रा, जीवन र जगत्का सारथी अनि एक अर्काका आलम्ब हुन् । जुन बिना जीवन अधुरो र अपुरो छ । 

त्यस्तै मानिसको एउटा जीवन जिउन र व्यतित गर्नको लागि धेरै कुराको आवश्यकता पर्न सक्छ । माया, प्रेम, स्नेह यी यस्ता कुरा त अपरिहार्य र सामान्य हुन् । यी यस्ता कुरा प्रायः धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राप्त गरेका हुन्छन् । ‘जुन मानिसले ठूलो हानी गर्ने सम्भावना छ, त्यससँग वैरभाव गरी टाढा भएको ठानेर निश्चिन्त हुनु हुँदैन । त्यसले कुनै पनि बेला ठूलो हानी पु¥याउन सक्छ’ भन्ने विदुर नीतिको भनाई जीवनको लागि मेरो विारमा मार्गदर्शन र पथप्रदर्शक हुन सक्छ । हामी आफ्ना भावना साटासाट गर्ने, मनका कुरा बुझ्ने, आफूले भन्न खोजेको कुरा इशाराले मात्र बुझ्ने मानिसको चाहना र तृष्णामा हराउन पुग्छौं । मानिसको स्वभाव न हो, कत्तिका राम्रा बानी छ, कत्तिका खराब । जति, जस्तो, जेसुकै बानी व्यवहार भएपनि हाम्रा भावनामा केही अंश हार्दिकताले आगटेको हुन्छ । सौन्दर्यमा जतिसुकै सौन्दर्यता देखिएता पनि आत्मियता, मित्रता र हार्दिकता जस्ता कुरामा अभाव छ भने उसको जीवन असफल प्रायः हुन सक्छ । मान्छेको जीवन हो, माया प्रेम, आत्मियताबिना पनि बाँचेको मान्छेको जमातलाई हामीले बिर्सनुहुँदैन । कति बालबालिका टुहुरा छन्, कति महिला पुरुष एकल छन्, कति मायामा टाढिएका छन् । बस्, तर त्यो जीवन मात्र समय बिताउने जीवन हो । तर, त्यस्ता जीवनले प्रगती गरेका विषय थोरै छन् । त्यसको चर्चा र परिचर्चा धेरै हुने गरेको छ । जीवन कतिले सफल भयो त कतिले असफल भयो भन्ने गर्छन् । त्यो कसरी भन्ने गर्छन्, म छुट्याउन सक्दिनँ । तर पनि माया, प्रेम, आत्मियता र हार्दिकता जस्ता कुराको अभावबाट पनि जीवन सफल भयो भन्ने मात्र अरुलाई खुसी पार्न भनेका हुन् जस्तो लाग्छ । मान्छेको मन हो प्राकृतिक नियमको कुरा पनि उपभोग र अनुभूति गर्न सक्दैन भने त्यसले जीवनलाई सफलको दर्जामा कसरी दर्ज गर्छ होला ? 

यी कुरा धेरैलाई अपत्यार लाग्न सक्ला भने धेरैको लागि वास्तविकता पनि बन्न सक्ला । जेसुकै, जस्तोसुकै भएपनि मानिस भएर धर्तीमा जन्म लिएपछि संघर्षको मैदानमा युद्ध गर्दै जीवनलाई किनारा लगाउन पर्ने रहेछ । जीवनको युद्ध मैदानमा जस्तोसुकै हतियार चलाएर पनि आफू प्रथम हुने इच्छा कसमा हुन्न होला र ? एउटा उच्च व्यक्तिको छोरा र एउटा गरिवको छोरामा नै तुलना गरेपनि यी कुरा प्रष्ट बुझ्न सकिन्छ । हाम्रा गतिशील दिमागलाई अलिकति दौडाएर हिडाउन सक्यौं भने जीवनका बारेमा धेरै कुरा पाउन सक्छौं । जसले हामीलाई भावुक र एकोहोरो बनाइदिन सक्छ । कहिलेकाही जीवनबारे सोच्दा मनमा शंकाको आँधीबेहरी मडारिन्छ । नयन पग्लेर सागर बनिदिन्छ । शरीर नै पल्यात्पुलुत्त भएर विलिन हुन पुग्छ । त्यसपछि मात्र मानिसले जीवनको वास्तविक अर्थ, महत्व र आवश्यकतालाई मनन गर्न थाल्छ । 

फेसबुकमा ‘पोस्ट’ गर्न नहुने १० कुरा

फेसबुकमा कति सूचना पोस्ट गर्नु राम्रो हुन्छ ? सोसल नेटवर्कको यो संजालमा राख्‍न हुने र नहुने कुराबारे विज्ञहरुले केही सुझाव दिएका छन् । डेभ ह्वाइटलेग्सले साथीभाईसँग भेटघाटका आधारमा फेसबुक रमाइलो भएपनि यो त्यत्तिकै डरलाग्दो पनि रहेको बताए। फेसबुकमा राखिने केही सूचना, तस्बिर आदिले तपाँईलाई खतरामा पार्न सक्छ। यतिसम्म कि अपराध वा त्यो भन्दा पनि डरलाग्दा कुरामा तपाँई जोडिनसक्नुहुन्छ।उनले भने। डाटा मिनिङसम्वनधि यस्ता कतिपय कम्प्युटर प्रोग्राम छन् जसले जन्म मिति, फोन नम्बर या ठेगानको गलत प्रयोग गराइदिनसक्छ। उनले सुझाएका १० कुरा :
जन्म मिति र स्थान
जन्म मिति र स्थानको सुचनाबाट पहिचान चोरी गर्न सजिलो हुन्छ। ठाउँ र मितिका आधारमा पासवर्ड अनुमान गर्न सकिनेमात्र होइन त्यसलाई फेर्न पनि सक्छन्
आमाको बाबुपट्टिको थर
कतिपयले आमाको थरबाट तपाँईको वास्तविकता थाहा पाउन सक्छन्। उनीहरुले तपाँई पढेको स्कुल आदिको जानकारी यसैबाट थाहा पाउन सक्छन्।
ठेगाना
तपाँईले दिएको ठेगानाले तपाँईलाई सूचनाका चोरमात्र होइनन् घरमा आउने लुटेरालाई समेत सजिलो हुनसक्छ।
छुट्टिका कुरा
म यति समय बाहिर छुया २ साता काठमाडौं बाहिर छुजस्ता स्टाटसले तपाँई चोरलाई निम्ता दिइरहेको त दिइरहेको हुनुहुन्न ?
घरबारहिर निस्कने जानकारी
छोटो समयका लागि तपाँई बाहिरिँदै गरेको कुराले चोरलाई सघाएकै हुन्छ।
असान्दर्भिक फोटोहरु
जातीय घृणा, अश्लिल र कानुनले निषेध गरेका फोटोहरु नराख्‍नुस। तपाँईको हाकिमले तपाँईको फेसबुक स्टाटस हेरिरहेका हुनसक्छन्।
कमजोरी स्विकार
आफ्ना कतिपय कमजोरी वा गल्तीलाई फेसबुकमा नराख्‍नुस्। यसले पूरै जीवनलाई विगार्न सक्छ। आफूले गरेका गल्तो वा कुनै केटा वा केटीसँग गरेका रोमान्सलाई पोस्ट नगर्नुस्।
फोन नम्बर
फेसबुकमा फोन नम्बर राख्दा तपाँईलाई सामान बेच्न बसेकाहरुले हैरान पार्न सक्छन।
केटाकेटीको नाम
पेडोफिलहरुले यस्तो पहिचानको दुरुपयोग गर्न सक्छन्। बच्चाको पहिचान सार्वजनिक गर्नु ठिक होइन।
१०
पूरै प्रोफाइल
फेसबुकमा मात्र होइन, पोस्ट गरिएका प्रोफाइल गुगल सर्चमा पनि सजिलै फेला पर्छ। सबै कुरा खुलाएको प्रोफाइल राख्‍नु ठिक होइन। कुनै पनि कुरा सहि ठाउँमा मात्र दिनुपर्छ।
स्रोत : विभिन्न अनलाइन सेवा

।।माता पिता।।

""सर्व तीर्थ मयी माता,सर्व देव मय: पिता ।
मातरं पितरं तस्मात्सर्व यत्नेन पूजयेत् ।।""

संसार यस्तो ठाउँ हो जहा असं‍भव भन्नि केहि चिज हुदैन तर मलाइ लाग्छ त्यो दुनियामा केहि चिज छ जो किनेर नि नपाइने ,मागेर नि नपाइने ,, यि चिज प्रमुख त प्यारा "माता पिता" अनि "समय"
 माता पिता भनेका हाम्रा ईश्वर हुन् ,अन्नदाता हुन्। उनको नजरमा सबै बराबरि हुन्छन कोहि काखा तो कोहिलाइ पाखा भन्नि चिज माता पिता को शब्दकोस मानै नहोला । माता पिता लाई जस्तो सुकै दु:ख परेपनि हेला गर्नु हुदैन,,हाम्रो समाजले बुढाबुढि भएपछि हेला गर्ने,,नराम्रो ब्यबहार गर्ने,भोकमा खान नदिने,बिरामि पर्दा घिन मान्ने  गरेको कयौ घटना म देख्दै आएको छु । मलाइ लाग्छ यो सरासर गलत हो ,हाम्रा इश्वर समान माता पिता को सेबा गरेमा नत धर्मको लागि मन्दिरै जानु पर्छ नत तिर्थ घरमै हुनुहुन्छ भगबान उहाँहरुलाइ सेबा गरे,पुजे, नराम्रो नबोले, राम्रो सँग रेखदेख गरे भगबान आफै खुशि हुनुहुनेछ ।। अनि बरदान दिनुहुनेछ।।।
दुर्ब्यबहार,बचन,हेला यि ईश्बरका मन नपर्ने चिज हुन यसलाइ जिबन बाट टाढै धकेलौ ।।बस भगबान खुशि हुनेछन अबश्य ।। घरका ईश्बर चिनौ सबैले ।।बस


सर्व तीर्थ मयी माता,सर्व देव मय: पिता ।
मातरं पितरं तस्मात्सर्व यत्नेन पूजयेत् ।।

No comments:

Post a Comment