बिबिध


मैले रोजेको देश 
–सविता सापकोटा
जहा“ खुल्ला आकाशमा चराहरु स्वतन्त्र उड्नेछन्, परदेश गएका दाजुभाइ घर फर्किन मन लगाउने छन् । कोपिलाहरु फुल्नेछन् र आफूअनुकूल सुवास छर्नेछन् । गाइनेले आफ्नै भाकामा सारङ्गी रेट्नेछ अनि नेपालमा आएको मुहारमा सा“च्चै चमक छाउने छ र पसिनाको मूल्य तोकिने छ । महाजनको चौरासी व्यञ्जनमा निमुखाको पसिना र रगत मिसिने छैन, झुप्रोमा भए पनि खुसी, उत्साह र जा“गरको थुप्रो छाउने छ । हो, मैले त्यस्तो देश खोजेको छु । त्यो भित्र कसैको हाड घोटाइमा कसैको मस्ती लुटाइ रहने छैन । विद्याको सर्टिफिकेट थन्किन पाउने छैन ताकि व्यवहारमा परिवर्तन आउने छ । यसर्थ कि त्यो देशको शिक्षाले तरकारीमा नुन अड्कल्न जानोस्, हलो र कोदालो बिर्सनुको साटो नवीन कार्यशैलीको छाप बोकोस्, कसैलाई मालामाल र फालाफाल भने कसैलाई अनिकाल नपरोस् ताकि समानता र बराबरी, ठूलो पेट र सानो पेट अर्थात् मुखिया र मजदुरमा सराबरी रहोस् । टाउको दुख्दैमा सिटामोल किन्न अमेरिका पुग्नेस“ग एक गा“सको अभावमा सास जाने वर्गले चुनौती दिन सकोस् । त्यहा“ बोल्ने मुखहरु, सुन्ने कानहरु, देख्ने आ“खाहरु कसैलाई थुन्न पाइने छैन । जहा“ अन्याय र अत्याचारको सीमा नाघ्छ, त्यहा“ प्रतिरोध हुन्छ । जहा“ प्रतिरोध हुन्छ, त्यहा“ विस्फोट हुन्छ । हो, त्यहीअनुरुप विस्फोटपछिको देश मैले खोजेको छु । 
कुर्सीको लागि बुर्कुसी मार्नेलाई नालीमा टाउको टेकाउ“दै सर्वहाराको नेतृत्वले राज्य चलाउने छ । रगत सबैको रातो हुन्छ, त्यो व्यवहारमा उत्रने छ । पत्रकारको कलम निर्विरोध चल्नेछ । आम सर्वहाराको मुखमा ठेडी कोचिने छैन अनि आ“खामा पट्टी पनि बा“धिने छैन । हो, त्यहा“ गणतन्त्रका नारा घन्किने छ । मैले खोजेको देशमा संविधानको ठेली दराजमा थन्किने छैन, व्यवहारमा उत्रिने छ । सामन्तवाद समूल नष्ट गरिने छ, हिलटर र निरो फेरि नेपालमा मर्नेछन् । मैले त्यो नेपाल देश रोजेको छु, जुन नेपाल तपाईं हाम्रो हातमा छ । सचेत मस्तिष्कले त्यो नेपाल खोज्नैपर्छ । हो, गोलीभन्दा बोलीको शक्ति महान् छ । त्यसैले कसैलाई पाता कस्नुपर्छ, कसैलाई साथमा लिनुपर्छ विवेकको कडीले । २१ औँ शताब्दीको हाम्रो दिमागले वस्तुलाई नजिकबाट नियाल्नुपर्छ । जीवनलाई गहिराइबाट बुझ्नुपर्छ, टाढाबाट हे¥यौँ भने साल र सल्लाको रुख उस्तै देखिन्छ । त्यस्तै, फोटोमा हे¥यौँ भने बाघ र बिरालो फरक छैन । हामीले त्यो संगठनलाई रोज्नुपर्छ जसले झुप्रोको व्यथालाई बुझ्छ, खाली शरीर देख्छ, भोको पेट तथा कठ्याङ्ग्रिएको जाडो महसुस गर्छ र विद्यार्थीको आधी पेट र खाली खल्तीहरु छाम्दै प्रगतिको लागि मैदानमा उत्रन्छ अनि रगत चढाउ“छ पुँजीपति, ठगपति, निरङ्कुशतन्त्रका विरूद्ध । 
अन्याय, अत्याचार, लुट, जडसूत्रवाद, शोषण, दमन, घूसखोरी, अवसरवाद, सामन्ती उपनिवेश, साम्राज्यवादजस्ता सर्वहारा जनताको घा“टी निमोठ्ने, अत्याचारीको बीचमा चट्याङ बनेर पड्कने संगठनको खा“चो छ मैले रोजेको देशमा । मस्तिष्कको उपज नै व्यक्तित्व हो, त्यसैले आफ्नो व्यक्तित्व निर्माणका लागि तथा यहा“ मान्छे बन्नका खातिर आजको अवस्थामा कानमा तेल हालेर बस्ने बेला छैन । यदि यो जटिल सँघारमा देश आइपुग्दा पनि मौन रहियो भने वा सचेत विभागहरु संघर्षमा उत्रेनौँ भने जरूर त्यो चारैतिर डढेलो लागेको बेलामा स्याउलाले झुपडीमा सुस्ताउन खोजेको जस्तो हुनेछ, जुन तुरून्तै जल्नेछ । चारैतिर पहिरो लागेको बेलामा ओडारमा पसेजस्तो हो, त्यो भासिने छ र थिचिने छ अनि त्यस्तो रूचाउने मान्छेलाई मेरो देशले धिकार्ने छ । 
आ“धीबेरी, भलबाढीको सामना गर्दै नवीन राज्यसंरचनामा एकीकृत हुने मस्तिष्कहरु जसले मैले खोजेको देशलाई स्वीकार्छ र त्यो बेला सामन्तीको श्राद्ध खानेछौँ अनि हामीहरुले फेरि नेपालमा जन्माउने छौँ कार्ल माक्र्स र लेनिनहरु । मैले खोजेको देशभित्र जीवन भेटिने छ र मानवताको सृष्टि हुनेछ । इन्द्रावतीमा निरङ्कुशताको अवशेष सेलाइने छ । त्यो बेला सहिद हा“स्नेछन्, शान्ति पाउने छन् उनीहरुका आत्माहरुले अनि आशीर्वाद दिनेछन् सहिदका परिवारले “गणतन्त्र जिन्दावाद” !
मैले खोजेको देश जुन पैसामा किनिने छैन, आश्वासनमा फस्ने छैन । मान्छे केवल मान्छे हो, मालिक र नोकर हुने छैन । जुन बेला आस्थाको बिरूवा आ“गनीमा रोपिने छ र मुक्तिका फूलहरु फूलबारीमा फुल्नेछन् अनि 
राष्ट्र हा“स्ने छ ।
नेपाल बा“च्ने छ ।
निरङ्कुश बौलाउने छ । 
गणतन्त्र मौलाउने छ ।
नेपाली हातहरु सिर्जनशील हुनेछन् र सामन्तीहरु सा“च्चै रूनेछन् ।
यस्तो पनि हुँदो रैछ
उनको मूल घर काठमाडौंबाहिर पहाडमा सानो गाउँले बजारमा हुनुपर्छ। भारतीय सेनाबाट पेन्सनमा आउँदा उनी ४० वर्ष जतिका थिए होलान्। घरमा पत्नी र दुई बहिनी छोरी थिए। गाउँमा आएपछि उनले खाडीमा काम पाइने र राम्रै कमाइ हुने थाहा पाए। खेतीपाती गरेर गाउँमा बस्न मन थिएन। पेन्सनमात्रले राम्ररी गुजाहा नचल्ने भएपछि खाडीतिर जाने सल्लाह गरे। पत्नी छोरीहरुलाई पढाउन उनीहरुलाई लिएर काठमाडौं बस्ने भइन्। काठमाडौंमा डेरा खोजेर र छोरीहरुलाई स्कुलमा भर्ना गरेर उनी खाडीतिर उँडे। ठूली १० मा र सानी ६ मा पढ्दैथिए। खाडीमा सुरक्षा गार्डकै काम पाए। महिनैपिच्छे पत्‍नीका नाममा पैसा पठाउन थाले।

अर्को वर्ष ठूलीले एसएलसी पास गरी। उनलाई निकै रमाइलो लाग्यो। नर्सिङ पढ्नका लागि पैसा पुगेन भनेकाले सरसपाट गरेर दुई लाख रुपियाँ एकमुष्ट पठाइदिए। सातैपिच्छे फोनमा कुराकानी हुन्थ्यो। वर्षदिन जति काठमाडौँबाट फोन जान्थ्यो र उनले उताबाट गर्थे। बिस्तारै फोन १५ दिनजतिमा हुन थाल्यो र उनले गरेमात्र सम्पर्क हुन्थ्यो। पछि त उनले फोन गर्दा पनि सम्पर्क हुन गाह्रो हुँदै गयो। एक दिन त मोबाइल नम्बर नै नमिलेको सन्देश सुनियो। हरायो वा बिग्य्रो होला भन्ने ठाने। पैसा पठाउँदै गए।

गएको अढाइ वर्षतिर अचानक एक दिन कान्छी छोरी सिकिस्त बिरामी भई अप्रेसन गर्न पैसा चाहियो भनेर फोन आयो। उनले खोजमेल गरेर लाख रुपियाँ पठाए। आफू पनि आउँछु भने। पत्‍नीले आत्तिन पर्दैन भनिन्। तीन वर्ष पुगेपछि आए हुन्छ भनिन्। त्यसपछि घरसँग सम्पर्क भएन। छोरीको अप्रेसनबारे पनि थाहा पाएनन्। मन आत्तिए पनि उनी छोरीहरूको पढाइ र उपचारका लागि पठाएको पैसा तिर्न पुग्नेजति कमाएरमात्र जाने अठोट गरेर बसे।

अन्ततः उनी फर्कने दिन पनि आयो। फोन सम्पर्क नभएकाले विमानस्थलमा उनलाई लिन कोही आएनन्। ट्याक्सी लिएर डेरामा पुगे। उनलाई देखेपछि पनि पत्‍नीको अनुहार उज्यालो भएन। छोरी पनि घरमा थिएनन्। पत्‍नीले उनलाई ठूली छोरीले प्रेम विवाह गरेकी र सानीलाई छात्रावासमा राखेको खबर दिइन्। उनी थाकेका थिए। सुते। भोलिपल्ट बिहान उठ्दा उनकी पत्‍नी थिइनन्। किनमेल गर्न गएकी होली भनेर पर्खेछन्। तर, उनी दिनभर आइनन्। साँझ, घरबेटीले त्यहाँ एउटा गुन्डाजस्तो केटो आउने गरेको सुटुक्क सुनाए।

बल्ल, उनले रहस्य बुझ्न थाले। छोरी भेट्न स्कुलमा गए। सानी बिरामी भएकै हैन रहेछ। उनी रन्थनिएर पत्‍नी माइत र आफन्तहरूकहाँ सबैतिर खोजखबर गरे। कतै नभेटेपछि प्रहरीलाई खोजतलास गरिपाउन निवेदन दिएछन्। ठूली छोरीसँग भेट भएपछि उसले आमाको चर्तीकला सहन नसकेपछि आफूलाई माया गर्ने केटासँग घरजम गरेको भनिछ। दसैँमा छोरीजुवाइँलाई टीकाटाला गरेछन्। स्कुलको शुल्क तिरेको रहेनछ। त्यो तिरेछन् र सानी छोरीलाई छात्रावासमै राख्‍ने व्यवस्था मिलाएछन्। अनि प्रहरीकोमा धाउन थालेछन्।
प्रहरीले उनलाई एक दिन हनुमान ढोका बोलायो। उनकी पत्‍नी फेला परिछन्। म तिमीसँग बस्दिन त्यसैले छाडेर हिँडेको भनिन् रे। अनि पैसाका बारेमा सोध्दा केही जबाफै दिइनन् रे। प्रहरीलाई पत्‍नीले बताएअनुसार उनको प्रेमीले धोका दियो रे। छोरीको पढाइ र अप्रेसनका लागि खर्च माग्न पनि उसैले सिकाएको हो रे। त्यो पैसा लिएर दुई जना कतै गई सानोतिनो व्यापार गरेर गुजारा चलाउने उनीहरूको सल्लाह रहेछ। पैसा आउनेबित्तिकै उनले उसैलाई राख्‍न दिएकी रहिछन्। उनैका नाममा बैंकमा जम्मा गरेको रहेछ। 'तिमी एटीएम कार्ड चलाउन जान्दिनौ' भनेर उसैले राखेको थियो रे। तीन लाख रुपियाँ बैंकका जम्मा भएको केही दिनपछि प्रेमीसँग उनको भेटघाटै भएको छैन रे। पछि बैंकमा गएर बुझ्दा त खातामा दुई हजार रुपियाँमात्र रहेछ रे। पति आएपछि उनी उसैलाई भेट्न भनेर घरबाट निस्केकी रे। उनको पेटमा उसको गर्भ छ रे।

फोन सुनिरहेको व्यक्तिलाई सम्बोधन गरेर ती बिचरा लाहुरे भाइले सोधे : 'सर ! अब म के गरौँ?' उनी भद्रकालीमा ओर्ले। उनलाई ती सरले के सल्लाह दिए मैले सुन्न पाइन।

आजका यूवा र भोलीको नयाँ नेपाल
यो देश कसैले माया नगरेको पखेरो जस्तो लाग्छ मलाई । यो देशमा कुनै नियम कानून छैनन् भएका पनि पालन गरिदैंन । देशमा विजुली छैन जो संसारको दोस्रो जल विद्युत उत्पादन हुन सक्ने देश भनिन्छ । तर दिनमा १६-१८ घण्टा अन्धकारमा बस्नु परको छ । राष्ट्रिय जल विद्युत निति नियम कहाँ छन् यसको कार्यन्योयन गराउने कसले हो - सरकार भनेको जुन दलको आए पनि उस्तै हो तर मुख्य काम गर्नु पर्ने स्थायी सरकारले नै हो ।
 राजधानी जस्तो ठाउँमा खानेपानी छैन, हाम्रो सरकार आए हामी यो देशको समस्य समाधान गर्र्छौ भन्छन्  तर गरेनन् कसको आशा गर्ने यो देशका सोझा जनताले - अब के हुदैन भने यूवापुस्ता विदेशीय पछि यो देश निर्माण कसले गर्छ - स्कूल कलेज राम्रो सुचारु हुदैनन् पढ्न त पर्यो अलिअली पढाउन सक्ने र भनसुन गरी सरकारी स्कलरसिप पाउँन सक्नेहरुले लिए र विदेशिय पढे त्यहाँको नियम कानुन र पैसाको कारण किन नेपाल जाने काकाकुलको देशमा अन्धकारमा बस्न । 
उनीहरुले उतै काम खोजे बसे केहि अर्ध शिक्षितबर्ग पनि यहाँको घर खेत बेचेर रोजकारीको शिलसिलामा विदेशिय र सरकार उनीहरुले पठाएको रेमिटेण्ट -पैसा) ले देश चलेको छ भनेर मख्ख छन् । 
उद्योग धन्दा चलाउन नसक्ने होईन यसको लागि बातावरण खोई - विजुली छैन, कर्मचारीहरु काम नगरी तलब भत्ता खान चाहन्छन्, नदिए बन्द हडताल कसरी लगानी गर्छन् उद्योगपतिहरुले । 
यो देशमा पैसा नभएको होइन तर यसलाई परिचालन गर्ने अवस्थालाई सरकारले बातावरण बनाउन नसकेको कारण हो यो । एक दलको सरकार हुन्छ तर उसले एक्लै गर्न सक्दैन किनकी अरु दलका नेता कार्यकर्ताहरुले शुरु गर्छन् बन्द हडताल । 
अब कसरी बन्छ नयाँ नेपाल भाषणमा मात्र कुरा गरेर बन्छ नयाँ नेपाल कि यथार्तमा बनाउन पर्ने हो - शिक्षित बर्ग विदेशिय अर्ध रोजकार विदेशमा अनि कसरी र कस्तो नयाँ नेपाल बनाउने दर्शन पाउनुभएको छ 
हाम्रा नेताहरुले - फेरि देश ढुङ्गे युग तिर डोहोरिदै गएको अवस्थामा हामी सम्बृद्धि नेपालको कल्पना गरेका छौं । 
 सम्बिधानको कुरा मेरो आशा छ ५ बर्षा बलजब्त तयार होला तर यसमा पनि जनताको मौलिक हक पर्छ भन्ने शंकै छ यदि परेछ भने पनि उपभोग गर्न पाउने आशा छैन कारण जो निम्न बर्ग हो 
उनीलाई साथ दिने कसले - बन्द हडताल र सभा जुलुस नगरी कसैले यहाँ कुनै सेवा सुविधा पाएको निकर्ड छ - फेरि ति निम्न बर्गले पाउने सेवा सुविधा उच्च बर्गबाट काटिएर आउने हो के ती बर्ग जसले हाली मोहली गरी बसेका थिए 
सजिलै आफ्नो भाग काटेर निम्न बर्गलाई देलान् - सम्बन्ध पहिले मानिसको हृदय परिवर्तन हुनुपर्छ . 

No comments:

Post a Comment